आइतबार, कार्तिक १६ गते २०८३
images
images

जबराको राजीनामा माग्दै जिल्ला अदालत कैलालीमा बारको धर्ना

एक्सप्रेस पाना
कार्तिक २८, २०७८ आइतबार
  • 590
    SHARES
  • जबराको राजीनामा माग्दै जिल्ला अदालत कैलालीमा बारको धर्ना

    कात्तिक २८ धनगढी । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको राजीनामा मात्र गर्दै कैलाली बार एसोसियसनले जिल्ला अदालत अगाडि धर्ना दिएको छ । 

    images

    बारका पदाधिकारी तथा अधिवक्ताले हातमा कोलोपट्टी बाँधेर अदालत अगाडि एक घण्टा धर्ना दिएका हुन् । बारको केन्द्रीय तालिकाअनुसार कैलाली बारले प्रधान न्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन गरेको बारका अध्यक्ष शिद्धराज ओझाले बताए । राजनीतिक भाग मागेर प्रधान न्यायाधीशले अदालतको गरिमालाई कमजोर बनाउन खोजेपछि उनको राजीनामा माग गरेको ओझाले बताए ।