आइतबार, कार्तिक १६ गते २०८३
images
images

पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध सिलिन्डरसहित प्रदर्शन 

एक्सप्रेस पाना
कार्तिक २८, २०७८ आइतबार
  • 310
    SHARES
  • पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध सिलिन्डरसहित प्रदर्शन 

    कात्तिक २८ काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धिको खारेजको माग गर्दै प्रदर्शन भएको छ । काठमाडौंमा विभिन्न दलनिकट विद्यार्थीहरूले प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट सिलिन्डर बोकेर प्रदर्शन गरेका हुन् ।  

    images

    विद्यार्थीहरूले  सिलिन्डरमा  विभिन्न पर्चा टाँसेका थिए । पर्चामा ‘मलाई किन यति अमूल्य बनायौँ ?, गरिब जनताको घरमा म कसरी बल्ने ?, मलाई बल्न देउ’, लेखिएको थियो ।  

    सरकारले केही समयअघि खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएपछि निरन्तर आन्दोलन जारी छ ।

    images