आइतबार, कार्तिक १६ गते २०८३
images
images

देउवाले भने, सडकबाट प्रधानन्यायधीश हटाउने कुरामा कांग्रेस सहमत हुँदैन

एक्सप्रेस पाना
कार्तिक २८, २०७८ आइतबार
  • 276
    SHARES
  • देउवाले भने, सडकबाट प्रधानन्यायधीश हटाउने कुरामा कांग्रेस सहमत हुँदैन

    कात्तिक २८ काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सडक आन्दोलन गरेर प्रधानन्यायधीशलाई हटाउने कुरामा कांग्रेस सहमत नहुने बताएका छन्। कांग्रेसको जारी केन्द्रिय समिति बैठकमा सभापति देउवाले न्यायलय भित्रको विवाद न्यायलयले नै समाधान गर्नु पर्ने बताएका थिए।

    images

    बैठकमा संस्थापन इतरका केही नेताले न्यायलयको विवादबारे धारणा बनाउनु पर्ने बताएपछि देउवाले न्यायलयको विषयमा पार्टीमा कुनै छलफल पनि नहुने र कुनै किसिमको धारणा पनि नबन्ने स्पष्ट पारेका हुन्।

    देउवाले कांग्रेस प्रजातन्त्रवादी पार्टी भएकोले शक्ति पृथकीकरणको सिद्धान्तमा विश्वास गर्ने कुराको स्मरण गराउँदै सरकारले र राजनीतिक दलले राज्यको स्वतन्त्र अंग न्यायलय भित्रको विवादबारे बोल्न नहुने बताएको बैठकमा सहभागी एक केन्द्रिय सदस्यले बताए। ती सदस्यले भने, ‘केही नेताहरुले न्यायलय विवादबारे कांग्रेसले धारणा बनाउनुपर्यो भनेर सभापति जीलाई ध्यानाकर्षण गराउनु भयो। तर पीएमले न्यायलयको विवादमा राजनीतिक दल घुस्न नहुने भन्नु भयो। उहाँले पार्टीमा कुनै छलफल गर्ने कुरा नरहेकोले महाधिवेशनमै केन्द्रित हुन आग्रह गर्नु भयो।’

    images

    केही समयदेखि सर्वोच्च अदालतमा प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै न्यायधीशहरु र नेपाल बार एसोसिएसनका पदाधिकारीहरु आन्दोलनमा छन्।