सोमबार, भाद्र २९ गते २०८३
images

एक करोड भारुको गोरु ; जसको वीर्यबाट वार्षिक २४ लाख आम्दानी हुन्छ

एक्सप्रेस पाना
कार्तिक २९, २०७८ सोमबार
  • 500
    SHARES
  • एक करोड भारुको गोरु ; जसको वीर्यबाट वार्षिक २४ लाख आम्दानी हुन्छ

    एजेन्सी । एउटा गोरुको मूल्य कति होला ? ५ हजार? १० हजार ? या भनौँ ४० हजार रे ! गाउँघरमा यही मूल्यमा खरिदबिक्री हुँदै आएको छ । तर भारतको बैंगलरूमा देखिएको एउटा साँढे निकै चर्चामा छ। यो गोरु १ करोड भारुमा बिक्री भएको छ।

    images

    हिन्दुस्तान टाइम्सका अनुसार बैंगलरूमा भएको एक कृषि मेलामा उक्त साँढे बिक्री भएको हो। यससँगै यस गोरुले खुबै चर्चा पाइरहेको छ। साँढेका मालिक बोरेगोदाका अनुसार यो गोरु हल्लीकर प्रजातिको हो। यसको वीर्यको माग धेरै छ। एक डोज वीर्यकै एक हजार भारु पर्ने बोरेगोदाले बताएका छन्। 

    उनका अनुसार यसको वीर्यबाट मात्रै बार्षिक भारु २४ लाख आम्दानी हुन्छ। अहिले बिक्री भएको साँढेको नाम कृष्ण हो। यो साढे तीन वर्षको भयो। यसलाई हेर्न आउनेको भीड पनि निकै धेरै भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

    images

    बोरेगोदाका अनुसार अहिले यस प्रजातिको गोरु विस्तारै हराउँदै गएको छ ।