आइतबार, कार्तिक १६ गते २०८३
images
images

दाङमा बन्दको रचनात्मक शैली : बन्दकर्ताले गरे सडक सफाइ र ट्राफिक चिह्नको व्यवस्थापन

एक्सप्रेस पाना
कार्तिक ३०, २०७८ मंगलबार
  • 275
    SHARES
  • दाङमा बन्दको रचनात्मक शैली : बन्दकर्ताले गरे सडक सफाइ र ट्राफिक चिह्नको व्यवस्थापन

    कात्तिक ३० दाङ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले मंगलबार गरेको नेपाल बन्दका क्रममा दाङमा भने फरक दृष्य देखिएको छ ।

    images

    सडकका देखिएका बन्दकर्ता सडक सरसफाइ र ट्राफिक चिह्नहरूको व्यवस्थापनमा लागेका छन्। बन्दकर्ताहरूले आफैँ कुचो समाएर सडक सफा गर्नेदेखि जेब्रा क्रसिङ निर्माण र रङ रोगनसम्मको काम गरेका छन्। राजनीतिक कार्यकर्ताहरु अराजक मात्रै हुन्छन् भन्ने सोचलाई कम गराउन र समाजमा रचनात्मक काम गरेर पनि विरोध गर्न सकिन्छ भन्ने देखाउन यस्तो काम गरिएको हेमन्तप्रकास वलीले बताए।