आइतबार, कार्तिक १६ गते २०८३
images
images

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने एमाले नेतृ उषाकला राईको घोषणा

एक्सप्रेस पाना
कार्तिक ३०, २०७८ मंगलबार
  • 259
    SHARES
  • केन्द्रीय सदस्यमा उम्मेदवारी दिने एमाले नेतृ उषाकला राईको घोषणा

    कत्तिक ३० खोटाङ । एमाले नेतृ उषाकला राईले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । प्रदेश १ की पूर्वसामाजिक विकास मन्त्री राईले मंगलबार दिक्तेलमा आयाेजित पत्रकार सम्मेलनमा एमालेको केन्द्रीय कमिटी सदस्यमा उठ्ने घोषणा गरेकी हुन् ।

    images

    राईले १० देखि १२ मंसिरसम्म चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा उठ्ने जानकारी दिएकी हुन् । जिल्लाका अन्य आकांक्षीले भने हालसम्म उम्मेदवारी घोषणा गरेका छैनन् । केन्द्रीय कमिटी सदस्यको उम्मेदवारीका विषयमा जिल्लाका नेतारूबीचमा थप छलफल गर्ने उनले बताएकी छन् । 

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी नेतृ राई कोदोको लोकल रक्सीलाई व्याण्ड होईन ब्राण्ड बनाइनु पर्ने ‘व्याण्ड भर्सेस ब्राण्ड’का अभियानकर्ता हुन् । खोटाङबाट पहिलो महिला मन्त्रीको इतिहास रचेकी उषाकला २०६४ सालमा पनि संविधानसभा सदस्य बनेकी थिइन् । एमालेको राष्ट्रिय अधिवेशनमा खोटाङका १४ जना प्रतिनिधि सहभागी हुँदैछन् । 

    images