आइतबार, कार्तिक १६ गते २०८३
images
images

न्यायालय खोल्नुपर्ने माग राख्दै आमरण अनसन बस्न खोज्ने तारा बरालको समूह पक्राउ

एक्सप्रेस पाना
कार्तिक ३०, २०७८ मंगलबार
  • 297
    SHARES
  • न्यायालय खोल्नुपर्ने माग राख्दै आमरण अनसन बस्न खोज्ने तारा बरालको समूह पक्राउ

    कात्तिक ३० काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको समर्थनमा न्यायालय खोल्नु पर्ने माग राख्दै आएका तारा बराल लगायतको समूह आज भद्रकालीबाट पक्राउ परेको छ ।

    images

    भद्रकाली मन्दिर छेउ पिपलबोटमा आमरण अनसन बस्ने क्रममा बरालसहित ५ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको हो ।

    उनीहरुलाई भृकुटीमण्डपमा राखिएको छ । बराल समूहले न्यायाधीश इजलासमा फर्किनुपर्ने, सेवाग्राहीले सेवा पाउनुपर्ने माग राख्दै सर्वोच्च अदालत परिसर र नेपाल बार एसोसिएसन परिसरमा पनि धर्ना दिने, प्रदर्शन गर्ने गतिविधि गर्दै आएको छ । प्रहरीले पनि उनीहरुलाई धरपकड गरेर हटाउँदै आएको छ ।

    images