सोमबार, कार्तिक १७ गते २०८३
images
images

अमेरिकी सहायक विदेशमन्त्रीले आज प्रधानमन्त्री देउवालाई भेट्दै 

एक्सप्रेस पाना
मंसिर २, २०७८ बिहीबार
  • 285
    SHARES
  • अमेरिकी सहायक विदेशमन्त्रीले आज प्रधानमन्त्री देउवालाई भेट्दै 

    मंसिर १ काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लु आज बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दैछन् । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री लु बुधबार साँझ मात्र काठमाडौं आएका थिए ।

    images

    आज प्रधानमन्त्री देउवा, परराष्ट्रमन्त्री नारायण खड्कासहित अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ ।  उपसहायकमन्त्री केली केइन्डरलिङ आज बिहीबार आइपुग्दै छिन् ।   

    अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्ष पुग्नु ठीक अगाडि भ्रमण भएको हो । कोभिड-१९, जलवायु परिवर्तन र लोकतन्त्रको सबलीकरण जस्ता राष्ट्रपति जो बाइडेनका उच्च प्राथमिकतामा रहेका चुनौतीबारे छलफल हुने दूतावासले जनाएको छ ।

    images