आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रधानमन्त्री देउवाले पाँच महिनामा पनि सम्पत्ति विवरण सार्वजनिक गरेनन् 

एक्सप्रेस पाना
मंसिर २, २०७८ बिहीबार
  • 189
    SHARES
  • प्रधानमन्त्री देउवाले पाँच महिनामा पनि सम्पत्ति विवरण सार्वजनिक गरेनन् 

    मंसिर २ काठमाडौं । नियुक्त भएको पाँच महिना नाघिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । गत २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले ६० दिनभित्र सार्वजनिक गर्नुपर्ने सम्पत्ति विवरण अझै सार्वजनिक नगरेका हुन् ।

    images

    ‘प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण प्राप्त भएको छ । तर, सार्वजनिक किन भएन ? म बुझ्छु’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतले भने  । 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत सार्वजनिक हुँदै आएको सम्पत्ति विवरणमा प्रधानमन्त्री देउवाको विवरण प्राप्त भएको उल्लेख छ, तर सार्वजनिक भने गरिएको छैन । 

    images

    यसैगरी, प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जामन्त्री पम्फा भुसाल, अर्थमन्त्री जनार्दन शर्मा, महिलामन्त्री उमा रेग्मी, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ तथा राज्यमन्त्री उमेश श्रेष्ठले सम्पत्ति विवरण बुझाएको प्रधानमन्त्री कार्यालयको वेबसाइटमा उल्लेख छ । 

    तर, प्रधानमन्त्री देउवासहित २५ मध्ये आठ जनाले सम्पत्ति विवरण बुझाएको देखिए पनि अन्य १७ जनाले भने अझै विवरण बुझाएको देखिँदैन ।न्युज कारखाना