सोमबार, कार्तिक १७ गते २०८३
images
images

देउवा मन्त्रिपरिषद्का निर्णय चार महिनादेखि गुपचुप

एक्सप्रेस पाना
मंसिर २, २०७८ बिहीबार
  • 356
    SHARES
  • देउवा मन्त्रिपरिषद्का निर्णय चार महिनादेखि गुपचुप

    मंसिर २ काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएको चार महिना नाघिसक्दा पनि मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएका छैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत सार्वजनिक हुँदै आउने गरेका निर्णयहरू गत ७ असारदेखि अपडेट भएका छैनन् । देउवा गत २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव कृष्णबहादुर राउतले क्याबिनेट शाखाले अपडेट नगर्दा नदेखिएकोे बताए । ‘मन्त्रिपरिषदको निर्णयको अपडेट क्याबिनेट शाखाले गर्ने हो, अब म अपडेट गराउन भनिहाल्छु,’ प्रवक्ता राउतले न्युज कारखानासँग भने । 

    पूर्ववर्ती सरकारले गत ७ असारमा गरेको निर्णयपछि कुनै पनि निर्णय सार्वजनिक नगरिएको हो । मन्त्रिपरिषद बैठकपछि सरकारका प्रवक्ताले बैठकका निर्णय सार्वजनिक गर्ने गरेको भए पनि वेबसाइटमा भने त्यसलाई राखिएको छैन ।

    images

    पूर्ववर्ती सरकारले सातामा एक दिन मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने गरेको भए पनि देउवा नेतृत्वको सरकारले भने बैठक सकिएलगत्तै प्रवक्तामार्फत मौखिक रूपमा निर्णय सार्वजनिक गर्दै आएको छ ।न्युज कारखाना