मंसिर ४ संखुवासभा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले अहिलेको गठबन्धन चुनावसम्मै रहने बताएका छन् । संखुवासभा सदरमुकाम खाँदबारीमा जनता समाजवादी पार्टी (जसपा)ले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री श्रेष्ठले अहिले सरकारमा रहेको पार्टीहरूको गठबन्धन चुनावसम्मै रहने बताएका हुन् ।
गठबन्धनलाई उच्च स्तरीय संयन्त्र बनाएर चुनावसम्म सँगै जाने मन्त्री श्रेष्ठको भनाइ छ । अहिलेको स्थितिमा गठबन्धन चुनावसम्मै जानु पर्न अवस्था रहेको उनको भनाइ छ । गठबन्धन सरकारले साझा नीति कार्यक्रम, मन्त्रीहरूको आचार संहिता बनाउँदै काम गरिहेको स्मरण समेत मन्त्री श्रेष्ठ गराए । तत्कालिन अवस्थामा नेकपा एमालेसँग चुनावी तालमेल हुने अवस्था नभएका कारण गठबन्धन चुनावसम्म जाने मन्त्री श्रेष्ठले बताए ।
.jpg)

