आइतबार, कार्तिक १६ गते २०८३
images
images

पाकिस्तानमा यौन दुर्व्यवहारपछि बालकको पाशविक हत्या

एक्सप्रेस पाना
मंसिर ५, २०७८ आइतबार
  • 430
    SHARES
  • पाकिस्तानमा यौन दुर्व्यवहारपछि बालकको पाशविक हत्या

    एजेन्सी । पाकिस्तानको सिन्धु प्रान्तमा एक बालकलाई यौन दुर्व्यवहारपछि पाशविक तरिकाले हत्या गरिएको विवरण सार्वजनिक भएको छ । ती बालक शुक्रबार साँझ सिन्धु प्रान्तबाट हराएका थिए । उनको शब शनिबार दिउसो एउटा खाली घरमा फेला परेको थियो । 

    images

    गुरु नानकको जन्मजयन्ती मनाउने क्रममा ती बालक हराएका थिए । ‘हामी सबै जना गुरु नानकको जन्म दिनको कार्यक्रममा व्यस्त थियो । बालक कसरी हरायो भन्ने बारेमा पत्तो नै पाएनौ,’ बालकका एक आफन्तको भनाई उदृत गर्दैै पाकिस्तानी समाचार संस्था एक्सप्रेस ट्रिव्युनले जनाएको छ । 

    ११ वर्षीय बालकको हत्याअघि उनलाई यौन दुर्व्यवहार भएको एक प्रहरी अधिकारीले बताएका छन् । हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् । सिन्ध प्रान्तमा एक महिनामा बालकको यौन दुर्व्यवहार भएको यो दोस्रो घटना हो । 

    images

    पाकिस्तानमा हिन्दू र अन्य अल्पसंख्यक समुदायमाथि बारम्बार यौन दुर्व्यवहार हुने गरेको छ ।न्युज कारखाना