आइतबार, कार्तिक १६ गते २०८३
images
images

सभामुखले भने– बारको आन्दोलनमा गम्भीर ध्यानाकर्षण भएको छ

एक्सप्रेस पाना
मंसिर ६, २०७८ सोमबार
  • 441
    SHARES
  • सभामुखले भने– बारको आन्दोलनमा गम्भीर ध्यानाकर्षण भएको छ

    मंसिर ६ काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले नेपाल बार एसोसिएनको जारी आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । आन्दोलनरत बारका प्रतिनिधिहरूले बुझाएको ज्ञापन प्रतिवेदन लिँदै उनले सोमबार यस्तो बताएका हुन् । 

    images

    सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै बारले तीन साताभन्दा बढी समयदेखि आन्दोलन गरिरहेको छ । प्रधानन्यायाधीले कार्यपालिकासँग मिलेर राजनैतिक भागबण्डा मागेको, न्याय सम्पादन गम्भीर खेलबाड गरेकोलगायत बारको आरोप छ ।