सोमबार, कार्तिक १७ गते २०८३
images
images

महाधिवेशन प्रतिनिधिमा निर्वाचित देउवाले शतप्रतिशत मत पाएनन्

एक्सप्रेस पाना
मंसिर ७, २०७८ मंगलबार
  • 469
    SHARES
  • महाधिवेशन प्रतिनिधिमा निर्वाचित देउवाले शतप्रतिशत मत पाएनन्

    मंसिर ७ डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । गृहजिल्ला डडेल्धुरामा भएको सातौं जिल्ला अधिवेशनबाट उनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

    images

    मतपत्रको १९ नम्बरमा नाम रहेका देउवाले कुल सात सय ९१ मत पाएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बताए। उनका अनुसार कुल १२ सय ८४ मतदाता रहेकोमा आठ सय ४६ मत खसेको थियो। देउवाले शतप्रतिशत मत भने पाएनन् । महाधिवेशन प्रतिनिधिको खुलातर्फबाट सभापति देउवासँगै गोविन्दराज बोहरा, जगतबहादुर ऐर, जनकराज कलौनी, तारकबहादुर बुढाएर, नबलबहादुर मल्ल, नरभान कामी, नैनसिंह महर, रघुवर भट्ट र सुरेशराज जोशी विजयी भएका छन् । 

    डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा आरजु राणा देउवा सर्वसम्मत चयन भएकी छन्। खुला महिलाबाट राणासहित चार जना महिला सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भए। सरस्वती खड्का, कौशिला भट्ट र कलावतीदेवी बोहरा सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।

    images

    महाधिवेशन प्रतिनिधि खसआर्य पुरुषमा जनकराज चटौत, डम्बरराज जोशी, मिनबहादुर चन्द र सम्पन्नराज भट्ट निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधि खसआर्य महिलामा कुमारी राजु भट्ट (जोशी), पार्वतीदेवी झुकाल र मनकुमारी थापा निर्वाचित भएका छन् । दलित महिला समावेशी महाधिवेशन प्रतिनिधिमा हरिनादेवी कामी र दलित पुरुष समावेसी महाधिवेशन प्रतिनिधिमा सन्तोष जैरु सर्वसम्मत भएका छन् ।  

    समावेशी जनजाति महाधिवेशन प्रतिनिधिमा बलबहादुर गुरुङ र समावेशी अपांगता अल्पसंख्यकतर्फ जयप्रकाश भट्ट सर्वसम्मत चयन भएको केन्द्रीय निर्वाचन प्रतिनिधि तथा निर्वाचन अधिकृत बमले जानकारी दिए ।