सोमबार, कार्तिक १७ गते २०८३
images
images

वडाध्यक्षले दुर्व्यवहार गरेको भन्दै जनकपुरधामका कर्मचारी आन्दोलित 

एक्सप्रेस पाना
मंसिर ७, २०७८ मंगलबार
  • 231
    SHARES
  • वडाध्यक्षले दुर्व्यवहार गरेको भन्दै जनकपुरधामका कर्मचारी आन्दोलित 

    मंसिर ७ जनकपुरधाम । केही वडाध्यक्षले सरसफाइ  कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै जनकपुरधाम उपमहनगरपालिका कर्मचारी आन्दोलित भएका छन् । 

    images

    सोमबार जनकपुरधाम उपहानगरपालिका ३ ,४ र ७ का वडाध्यक्षहरूले सरसफाइ कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै कर्मचारीहरूले मंगलबार विरोध जुलुस प्रदर्शन गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

    आफूअनुकूल काम नगर्दा वडाध्यक्षहरूले पटक-पटक कर्मचारीहरूमाथि दुर्व्यवहार गर्ने गरेको भन्दै दोषीलाई कारबाहीको माग गर्दै उनीहरूले ज्ञापन पत्र बुझाएका हुन्  ।

    images

    यता, सोमबार जनकपुरधाम-४ का वडाध्यक्ष शुर्दन सिंहसँग सरसफाइ कर्मचारीको विवाद भएको थियो । उक्त घटनालाई लिएर वडा नं. ३ ,४ र ७ का वडाध्यक्षहरूले सोमबार नै मेयर लालकिशोर साहको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।