सोमबार, कार्तिक १७ गते २०८३
images
images

सिरहाका १० स्थानीय तहमा कांग्रेसको सर्वसम्मत नेतृत्व

एक्सप्रेस पाना
मंसिर ८, २०७८ बुधबार
  • 315
    SHARES
  • सिरहाका १० स्थानीय तहमा कांग्रेसको सर्वसम्मत नेतृत्व

    मंसिर ८ सिरहा । नेपाली कांग्रेसको १४औँ अधिवेशन अन्तर्गत सिरहाका १० स्थानीय तहको नेतृत्व सर्वसम्मत चयन भएको छ । सिरहाका १७ स्थानीय तहमध्ये तीन गाउँपालिका र सात नगरपालिकाका पदाधिकारी सर्वसम्मत चयन भएका हुन् । लहान र धनगढीमाई नगरपालिको निर्वाचन भइरहेको छ भने बाँकी पालिकामा सर्वसममतको प्रयास भइरहेको जिल्ला सचिव पन्चलाल महतोले जनाएको छ ।

    images

    अधिवेशनले सिरहा नगरपालिका सभापतिमा अषिशलाल यादव, गोलबजार नगरपालिकामा राजदेव साह ‘ लालबाबु’, मिर्चैया नगरपालिकामा रमेश न्यौपाने, कल्यानपुर नगरपालिकामा कृष्णा साह, कर्जन्हा नगरपालिकामा मानबहादुर पाण्डे सर्वसम्मत चयन गरेको छ ।

    लक्ष्मीपुर पतारी गाउँपालिकामा विद्यानन्द साह, भगवानपुर गाउँपालिकामा सुभास यादव, नवराजपुर गाउँपालिकाा मदन यादव, बरियारपट्टि योगेन्द्र यादव र नरहा गाउँपालिकामा कमल प्रसादमण्डल  चयन भएका छन् ।

    images