सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रधान सेनापति र स्विट्जरल्याण्डका राजदूतबीच भेटघाट

एक्सप्रेस पाना
मंसिर ८, २०७८ बुधबार
  • 509
    SHARES
  • प्रधान सेनापति र स्विट्जरल्याण्डका राजदूतबीच भेटघाट

    मंसिर ८ काठमाडौं ।  । प्रधान सेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र स्विट्जरल्याण्डका महामहिम राजदूत Ms. Elisabeth von Capeller Oswald बीच आज जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ । 

    images

    प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।