सोमबार, कार्तिक १७ गते २०८३
images
images

कांग्रेस सिन्धुपाल्चोक १ को प्रदेश ‘क’ सभापतिमा आङदोर्जे शेर्पा

एक्सप्रेस पाना
मंसिर ९, २०७८ बिहीबार
  • 461
    SHARES
  • कांग्रेस सिन्धुपाल्चोक १ को प्रदेश ‘क’ सभापतिमा आङदोर्जे शेर्पा

    मंसिर ९ सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकको प्रतिनिधिसभा १ को प्रदेश ‘क’ सभापतिमा आङदोर्जे शेर्पा विजयी भएका छन् । चार सय ६४ मत पाएका शेर्पाले प्रतिस्पर्धी कुमार श्रेष्ठलाई पराजित गरेका हुन् । श्रेष्ठले ५४ मत मात्र पाए । 

    images

    प्रदेश सभा कार्यसमितिमा उपसभापतिमा च्याङा शेर्पा र टेकबहादुर गुभाजु विजयी भएका छन् । उनीहरूले तीन सय ९७ र तीन सय ५२ मत ल्याउँदा प्रतिस्पर्धीहरू घ्युकाजी खड्का र श्याम तामाङले क्रमश: ७८ र ८८ मत पाए ।

    सचिव पदमा सुवेश थापा र सुरेन्द्र श्रेष्ठ विजयी भएका छन् । उनीहरू निर्विरोध निर्वाचित भएका हुन् । सहसचिव पदमा उमेश सुवेदी र राजेन्द्रविक्रम थापा निर्वाचित भए । उनीहरूले क्रमश: तीन सय ९५ र तीन सय ७४ मत पाए ।

    images