सोमबार, कार्तिक १७ गते २०८३
images
images

कांग्रेस सिन्धुपाल्चोक २ ‘क’ सभापतिमा गिरी विजयी, बानियाँ ९ मतले पराजित 

एक्सप्रेस पाना
मंसिर ९, २०७८ बिहीबार
  • 505
    SHARES
  • कांग्रेस सिन्धुपाल्चोक २ ‘क’ सभापतिमा गिरी विजयी, बानियाँ ९ मतले पराजित 

    मंसिर ९ सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोक प्रतिनिधिसभा २ को प्रदेश सभा ‘क’ को सभापतिमा केशवराज गिरी विजयी भएका छन् । प्रदेश सभा कार्यसमितिका लागि भएको निर्वाचनमा सभापतिमा गिरीले दुई सय ११ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी देवप्रसाद बानियाँले दुई सय दुई मत प्राप्त गरे ।

    images

    उपसभापति पदमा ग्याल्बो तामाङले दुई सय २३ र बासुदेव लम्साल एक सय ९७ मत ल्याएर विजयी भएका छन्  । अरूणबहादुर तामाङले एक सय ५६ मत र भीमबहादुर घलेले एक सय ७२ मत ल्याए ।

    सचिव पदमा एक सय ९२ र एक सय ८५ मत ल्याएर क्रमशस् छत्रलाल श्रेष्ठ र पुण्यप्रसाद भट्टराई विजयी भएका छन् । उनीहरूका प्रतिस्पर्धी उम्मेदवार मानकाजी तामाङ र विदुर भट्टराईले एक सय ८३ र एक सय ६४ मत प्राप्त गरे । सहसचिवमा दुई सय २८ मत ल्याएर पुन्यप्रसाद घोरासैनी र दुई सय १२ मत ल्याएर सरोज न्यौपाने विजयी भएको सिन्धुपाल्चोक कांग्रेसले जनाएको छ ।  

    images