सोमबार, कार्तिक १७ गते २०८३
images
images

एमाले महाधिवेशन : विमानस्थल झरेर धमाधम उम्मेदवारी घोषणा 

एक्सप्रेस पाना
मंसिर ९, २०७८ बिहीबार
  • 231
    SHARES
  • एमाले महाधिवेशन : विमानस्थल झरेर धमाधम उम्मेदवारी घोषणा 

    मंसिर ९ काठमाडौं । महाधिवेशनको सम्मुखमा आइपुग्दासम्म मुख नखोलेका एमालेका नेताहरू महाधिवेशन स्थल नपुग्दै धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् । 

    images

    १०औं महाधिवेशनमा उपाध्यक्ष भीम रावलले मात्र अहिलेसम्म औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन् । आज बिहान चितवन पुगेका रामबहादुर थापा ‘बादल’ आफ्नो उम्मेदवारीबारे मौन बसे । उनले सहमतिमा नेतृत्व चयन गर्ने बताए पनि अन्य नेताहरू भने भरतपुर विमानस्थल उत्रिएर उम्मेदवारी घोषणा गरिरहेका छन् । 

    नवौं महाधिवेशनमा महासचिवमा पराजित भएका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले विमानस्थलमै महासचिव पदमा आकांक्षा देखाएका छन् । उनले महासचिव बाहेकका पदमा प्रतिस्पर्धा नगर्ने घोषणा गरे ।

    images

    सचिव योगेश भट्टराईले पनि चितवन पुगेर सचिवमा दोहोरिने इच्छा व्यक्त गरेका छन् । उनले आफूसँग अझै १५ वर्ष सक्रिय राजनीति गर्ने सुविधा रहेको भन्दै अहिले सचिवमै दोहोरिन चाहेको बताए । 

    भरतपुर विमानस्थलवाटै केन्द्रीय सदय महेश बस्नेत र केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पनि सचिवमा उम्मेदवारी दिने बताइसकेका छन् । उता, एमाले कर्णाली प्रदेश सहसंयोजक यामलाल कँडेलले पनि सचिवमै उम्मेदवार बन्ने चाहना चितवन पुगेर पनि दोहोर्याएका छन् ।