सोमबार, कार्तिक १७ गते २०८३
images
images

एमाले महाधिवेशनमा चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधि नआउने 

एक्सप्रेस पाना
मंसिर ९, २०७८ बिहीबार
  • 325
    SHARES
  • एमाले महाधिवेशनमा चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधि नआउने 

    मंसिर ९ चितवन । एमालेको महाधिवेशनमा चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधि सहभागी नहुने भएका छन् ।

    images

    चितवनमा शुक्रबार हुने एमालेको उद्घाटन सत्रमा शुभकामना दिन विभिन्न देशका प्रतिनिधि सहभागी हुने भए पनि चिनियाँ कम्युनिष्ट पार्टीबाट कोही नआउने एमाले प्रचार विभाग प्रमुख तथा १०औँ राष्ट्रिय महाधिवेशन प्रचारप्रसार समितिका संयोजक योगेश भट्टराईले जानकारी दिए । 

    उनका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधि महाधिवेशनमा सहभागी नहुने, तर भिडियो सन्देश भने पठाएको छ । एमाले महाधिवेशनमा शुभकामना दिन प्रतिनिधि नभएको चिनिया कम्युनिष्ट पार्टीले भिडियो सन्देश पठाएर महाधिवेशन सफलताको शुभकामना दिन लागेको संयोजक भट्टराई बिहीबार नारायणी नदी किनारमा आयोजित पत्रकार सम्मेलनमा बताए । 

    images

    महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका, कम्बोडियालगायत विभिन्न देशका राजनितिक दलका नेताहरू सहभागी हुने उनले बताए ।