सोमबार, कार्तिक १७ गते २०८३
images
images

एमाले महाधिवेशनबारे योगेश भट्टराईका २२ सूचना 

एक्सप्रेस पाना
मंसिर ९, २०७८ बिहीबार
  • 285
    SHARES
  • एमाले महाधिवेशनबारे योगेश भट्टराईका २२ सूचना 

    मंसिर ९ चितवन । एमाले सचिव तथा महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले महाधिवेशन उद्घाटन सत्रमा मानव समुद्र उर्लिने दाबी गरेका छन् । महाधिवेशन तयारीका सन्दर्भमा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले उद्घाटनका दिन नारायणी नदी किनारमा मानव समुद्र उर्लिने दाबी गरे । 

    images

    तयारीबारे यसो भन्छन् भट्टराई 

    उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन । यो भनेको सभामा ५ लाख जनाको सहभागिता हो । 
    नवलपुरको गैँडाकोटसहित चितवनका विभिन्न ७ स्थानबाट जुलुस निस्कन्छ ।
    चितवनमा मात्रै ५० भन्दा बढी स्वागतद्वार बनाइएको छ । 
    बन्दसत्रको हल तयार भयो । 
    महाधिवेशनको उद्घाटन सत्रमा सबै सहभागी आइपुग्न नसक्ने भएकोले ठूलठूला डिजिटल स्क्रिनमार्फत कार्यक्रमको लाइभ देखाइनेछ ।
    नारायणी नदी पारी नवलपुरको गैंडाकोट र नारायणगढका विभिन्न स्थानमा डिजिटल बोर्ड राखिएका छन् ।
    चितवनवासीको घरघरमा पुगेर महाधिवेशनमा आउन निम्तो गरिएको छ । 
    उद्घाटन सत्रमा पाँच हजार स्वयंसेवक परिचालन गरिएको छ । 
    महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका कम्बोडिया लगायतका देशबाट प्रतिनिधि सहभागी हुनेछन् ।
    चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश आएको छ । 
    महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुनेछन् । 
    भूगोल, जनसंगठन विभाग, सम्पर्क कमिटी र प्रवासबाट र ५ प्रतिशत मनोनित (१०६ जना) गरी दुई हजार १७५ प्रतिनिधि सहभागी पुग्छन् ।
    महाधिवेशनमा १०३ जना पर्यवेक्षक छन् । 
    एमालेका सल्लाहकार १५ जना र पाका पुराना नेता पर्यवेक्षक रहनेछन् । 
    कुल प्रतिनिधिमा ६२७ जना महिला र  २०९ जना दलित छन् । 
    महिला प्रतिनिधित्व ३० प्रतिशतभन्दा बढी र दलित प्रतिनिधित्व १० प्रतिशतभन्दा बढी छ । 
    १० गतेबाट मात्रै आवास व्यवस्थापन गरिएको छ । 
    शुक्रबार बेलुका मात्रै प्रतिनिधि परिचयपत्र बाँडिनेछ । 
    मंसिर ११ गते बिहान ८.३० बजेबाट बन्दसत्र सुरू हुन्छ ।
    बन्दसत्रमा एमाले अध्यक्ष केपी ओली, दलका नेताहरु र विदेशी पाहुनाहरुले सम्बोधन गर्छन् । 
    ११ मंसिर साँझ ६ बजेसम्म उम्मेदवार दर्ता, दाबी विरोध र फिर्ताको समय छ । 
    सोही दिन साँझ ६.३० उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । 
     

    images