सोमबार, कार्तिक १७ गते २०८३
images
images

ओलीले लामो भाषण गरेपछि विदेशी पाहुनाहरू बीचमै हिँडे

एक्सप्रेस पाना
मंसिर ११, २०७८ शनिबार
  • 474
    SHARES
  • ओलीले लामो भाषण गरेपछि विदेशी पाहुनाहरू बीचमै हिँडे

    मंसिर ११ चितवन । एमाले अध्यक्ष केपी ओलीले लामो भाषण गरेपछि विदेशी पाहुनाहरू बीचमै हिँडेका छन् । १०औं महाधिवेशनको बन्द सत्रमा लामो बोलेपछि विदेशी पाहुनाहरू ओलीको सम्बोधनकै क्रममा कार्यक्रम स्थलबाट बाहिरिएका छन् ।

    images

    कम्बोडिया, बंगलादेश, श्रीलंकाका भारतका कम्युनिस्टसहित विभिन्न पार्टीका नेता हिँडेका हुन् । उनीहरूलाई विदेश विभाग प्रमुख राजन भट्टराईले गेटसम्म छोडेका थिए।

    ओली बोलिरहँदा विदेशी प्रतिनिधिले जाने भनेपछि उनले सम्बोधन रोकेर पाहुनाको बिदाइ गरिसकेपछि फेरी बोल्न सुरु गरेका छन् । उता ओलीले लामो समय बोल्दा प्रतिनिधिहरू पनि टेन्ट बाहिर गफ गरिरहेका छन् ।

    images