सोमबार, कार्तिक १७ गते २०८३
images
images

ओली गरे १९ पदाधिकारीको घोषणा : अध्यक्षमा ओली आफै, महासचिवमा शंकर पोखरेल

एक्सप्रेस पाना
मंसिर १३, २०७८ सोमबार
  • 545
    SHARES
  • ओली गरे १९ पदाधिकारीको घोषणा : अध्यक्षमा ओली आफै, महासचिवमा शंकर पोखरेल

    मंसिर १३ चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १९ जना पदाधिकारीको नाम बन्दसत्र हलमा प्रस्तुत गरेका छन् । बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षमा आफ्नोसहित १९ जना पदाधिकारीको नाम पेस गरेका हुन् ।

    images

    ओलीले पदाधिकारीहरुमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जनाको नाम प्रस्ताव गरेका थिए । ओलीले आफूलाई अध्यक्षका रुपमा घोषणा गरेका थिए । त्यसबेला हलमा ताली गुञ्जिएको थियो ।

    अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षहरुमा- युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा (बादल), विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङको नाम प्रस्ताव गरेका छन् ।

    images

    महासचिवमा शंकर पोखरेलको नाम प्रस्ताव गरेका छन् । उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव गरेका छन् । त्यस्तै सचिवहरुमा ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम प्रस्ताव गरेका छन् ।