सोमबार, कार्तिक १७ गते २०८३
images
images

एमाले महाधिवेशन : २०९६ मत खस्यो, अब मतगणना सुरू हुने 

एक्सप्रेस पाना
मंसिर १४, २०७८ मंगलबार
  • 215
    SHARES
  • एमाले महाधिवेशन : २०९६ मत खस्यो, अब मतगणना सुरू हुने 

    मंसिर १४ मंसिर चितवन ।  नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा दुई हजार ९६ मत खसेको छ । 

    images

    कुल मतदाता दुई हजार १५३ जना रहेकामा दुई हजार ९६ मत खसेको निर्वाचन अधिकृत कमद पाठकले जानकारी दिए । उनकाअनुसार अबको केहीबेरमै मतगणना सुरू हुनेछ । 

    विद्युतीय मेसिनबाट मतदान गरिएकाले चाँडै नै परिणाम आउने बताइएको छ । मतदान सकिएसँगै मुचुल्का उठाउने काम भइरहेको र अब केही समयमै मतगणना सुरू हुने अधिकृत पाठकले बताए । 

    images

    मतगणना भएको दुई घण्टामै परिणाम आउने अध्यक्ष पदका उम्मेदवार भीम रावलले जानकारी दिए ।