सोमबार, कार्तिक १७ गते २०८३
images
images

एमाले अध्यक्षमा भारी मतले ओली विजयी :ओलीको पक्षमा १८४० मत, रावलले पाए २२३ मत

एक्सप्रेस पाना
मंसिर १४, २०७८ मंगलबार
  • 219
    SHARES
  • एमाले अध्यक्षमा भारी मतले ओली विजयी :ओलीको पक्षमा १८४० मत, रावलले पाए २२३ मत

    मंसिर १४ चितवन।  नेकपा एमालेको अध्यक्षमा केपी ओली विजयी भएका छन् । चितवनमा भएको १०औँ महाधिवेशनले ओलीलाई फेरि अध्यक्षको जिम्मेवारी दिएको हो । 

    images

    नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा भीम रावललाई १५७७ मतले उछिन्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन् । कुल खसेको दुई हजार ९६ मध्ये ओलीको पक्षमा १८४० मत खस्दा रावलले २२३ मत पाए । साथै नो भोटमा ३३ मत खसेको छ ।

    यसअघि २०७१ सालमा काठमाडौंमा भएको नवौँ महाधिवेशनले पनि ओलीलाई अध्यक्षमा निर्वाचित गरेको थियो । 

    images

    यसपटक विद्युतीय मेसिनबाट मतदान गरिएकाले चाँडै परिणाम आएको हो । मंगलबार बिहान ४ बजेबाट मतदान प्रक्रिया सुरू भएको थियो । 

    यसअघिको बुलेटिनमा ओली र रावलले पाएको मतमा तथ्य फरक भएकोमा सच्याइएको छ । न्युज कारखाना