सोमबार, कार्तिक १७ गते २०८३
images
images

राप्रपा महाधिवेशन आजदेखि शुरु

एक्सप्रेस पाना
मंसिर १५, २०७८ बुधबार
  • 197
    SHARES
  • राप्रपा महाधिवेशन आजदेखि शुरु

    आजदेखि काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको महाधिवेशन हुनेछ। यो महाधिवेशन मंसिर १७ गतेसम्म चल्नेछ।

    images

    आज बिहान ११:३० मा महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।यो महाधिवेशनलाई राप्रपाले एकता महाधिवेशन भनेको छ। तीन पार्टी मिलेर राप्रपा बनेपछि पहिलोपटक महाधिवेशन हुन लागेको हो।


    महाधिवेशनमा अध्यक्ष पदका लागि अहिलेका अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा उत्रने भएका छन्।

    images

    राप्रपाका अरू अध्यक्षहरू पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनी अध्यक्षमा प्रतिस्पर्धा नगर्ने भएका छन्।

    राप्रपाले पहिलोपटक प्रदेश सभा क्षेत्रहरूबाट महाधिवेशन प्रतिनिधिहरू चयन गरेर महाधिवेशन गर्न लागेको छ।