आइतबार, कार्तिक १६ गते २०८३
images
images

तेल अभिभ विश्वमा सबैभन्दा महंगो शहर

एक्सप्रेस पाना
मंसिर १५, २०७८ बुधबार
  • 379
    SHARES
  • तेल अभिभ विश्वमा सबैभन्दा महंगो शहर

    -एजेन्सी

    images

    मंसिर १५ तेल अभिभ। इजरायली शहर तेल अभिभ विश्वकै सबैभन्दा महंगो सहर साबित भएको छ । ईकोनोमिस्ट इन्टेलिजेन्स युनिट (इआइयू) ले गरेको एउटा सर्वेक्षणमा तेल अभिभ बस्नका लागि विश्वकै सबैभन्दा महंगो सहर बनेको हो । महंगोका दृष्टिले  तेल अभिभ  पहिलो पटक विश्वको पहिलो स्थानमा पुग्न सफल भएको हो । 

    ‍इजरायलको राष्ट्रिय मुद्रा शेकेल डलरभन्दा शक्तिशाली देखिएको सर्वेक्षणमा जनाइएको छ । त्यहाँ यातायात र खाद्यन्नको मूल्य पनि अन्य शहरको तुलनामा बढी देखिएको जनाइएको छ ।

    images

    त्यस्तै, पेरिस र सिंगापुर दुबै शहर दोस्रो स्थानमा छन् भने जुरिच र हङकङ क्रमशस् तेस्रो र चौथो स्थानमा छन् । त्यसैगरी, न्युयोर्क र जेनेभा क्रमशस् पाँचौं र छैटौ‌ स्थानमा परेका छन् । त्यस्तै, कोपनहेगन सातौं, लस एन्जेलस आठौं र जापानको ओसाका नवौं स्थानमा परेका छन् ।