मंसिर १६ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज (बिहीबार) बस्दै छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
पार्टीको आगामी राष्ट्रिय सम्मेलनबारे बैठकमा छलफल हुने माओवादीले जनाएको छ । अहिले वडाहरूको सम्मेलन सम्पन्न गर्ने माओवादीले पालिकास्तरको सम्मेलन धमाधम गरिरहेको छ । पार्टी केन्द्रीय कार्यालयका अनुसार धेरैजसो पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आउँदो पुस ११ देखि १३ सम्म आयोजना गरिँदै छ ।
.jpg)

