आइतबार, कार्तिक १६ गते २०८३
images
images

दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण फैलिँदै

एक्सप्रेस पाना
मंसिर १६, २०७८ बिहीबार
  • 540
    SHARES
  • दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण फैलिँदै

    मंसिर १६ काठमाडौं । दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भाइरस ‘ओमिक्रोन’ को सङ्क्रमण थप फैलिएको छ । गएको सोमवारयता सङ्क्रमितको सङ्ख्या दोब्बरले बढेको छ । पछिल्लो २४ घण्टामा आठ हजार पाँच सय नयाँ सङक्रमित भएका छन् ।

    images

    नयाँ भेरियन्ट सुरुमा दक्षिण अफ्रिकामा भेटिएको थियो । अमेरिकामा पनि दक्षिण अफ्रिकाबाट फर्किएका एक जनामा ओमिक्रोनको सङ्क्रमण देखिएको छ । नाइजेरियामा पनि ओमिक्रोन भेरियन्ट देखिएको बीबीसीले जनाएको छ । नाइजेरियन सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार गएको हप्ता दक्षिण अफ्रिकाबाट नाइजेरिया आएका यात्रुमा ओमिक्रोन भेरियन्ट पत्ता लागेको हो ।

    ओमिक्रोन कति सङ्क्रामक छ र अहिले उपलब्ध खोप त्यसका लागि कति प्रभावकारी छ भनेर अध्ययन भइरहेको छ ।

    images