सोमबार, कार्तिक १७ गते २०८३
images
images

​​​​​​​कर्णाली सरकारद्वारा प्रदेशसभा अधिवेशनको अन्त्य

एक्सप्रेस पाना
मंसिर १६, २०७८ बिहीबार
  • 230
    SHARES
  • ​​​​​​​कर्णाली सरकारद्वारा प्रदेशसभा अधिवेशनको अन्त्य

    मंसिर १४ काठमाडौं । कर्णाली सरकारले बुधबार राति १२ बजेबाट प्रदेशसभाको नवौँ अधिवेशनको अन्त्य गरेको छ । प्रदेश सरकारले दुईवटा प्रदेशसभा बैठक बसेर अधिवेशनको अन्त्य गरेको हो ।

    images

    कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले मङ्सिर १४ गते विश्वासको मत लिने प्रयोजनका लागि नवौँ अधिवेशन बोलाइएको थियो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारलले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

    प्रदेश प्रमुखको कार्यालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम बुधबार राति १२ बजेबाट कर्णाली प्रदेश सभाको नवौँ अधिवेशनको अन्त्य गरिएको व्यहोरा जानकारी गराइन्छ ।

    images