आइतबार, कार्तिक १६ गते २०८३
images
images

सोमालियामा एड्स सङ्क्रमण घट्यो

एक्सप्रेस पाना
मंसिर १६, २०७८ बिहीबार
  • 536
    SHARES
  • सोमालियामा एड्स सङ्क्रमण घट्यो

    एजेन्सी । पहिले पहिले एच आचआइभी एड्स निकै बढ्दो क्रममा रहेको सोमालियामा अहिले भने एड्सको सङक्रमण घटेको पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । ती विश्व स्वास्थ्य संगठनका अधिकारीहरुका अनुसार यहाँ पछिल्ला १४ वर्षमा एड्सको सङ्क्रमण दिन प्रतिदिन घट्दै गएको पाइएको हो ।

    images

    यहाँ १४ वर्षअघि निकै नै जोखिमको अवस्थामा रहेको एड्स सङ्क्रमणको अवस्था थियो सोमालियाको विशेष गरी उत्तरी क्षेत्र गारोए र बोसासामा, तर ती क्षेत्रमा पनि अहिले एड्सको सङ्क्रमण दरमा निकै नै कमी आएको पाएएको छ । विश्व स्वस्थ्य संगठनका सोमालियाका लागि प्रतिनिधि माउमर रहमानले समयमै यसको परीक्षण गराउने एड्सको सङ्क्रमण देखिएपछि औषधि उपचार थाल्ने गर्दा यसको सङ्क्रमण घट्दै जाने देखिएको उहाँले बताउनुभएको छ ।

    यही डिसेम्बर १ मा आयोजना गरिने विश्व एड्स दिवसका आवसरमा विश्व स्वास्थ्य संगठनद्धारा सो तथ्यांक अधि सारिएको छ ।सो संगठनले पछिल्ला वर्षहरुमा अफ्रिकाका देशहरुमा समेत एड्सको सङ्क्रमण दर घट्दै गएको पनि देखिएको बताइएको छ ।सिन्ह्वा

    images