आइतबार, कार्तिक १६ गते २०८३
images
images

दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द 

एक्सप्रेस पाना
मंसिर १६, २०७८ बिहीबार
  • 349
    SHARES
  • दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द 

    मंसिर १६ काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । भोलि (शुक्रबार)देखि अर्को सूचना जारी नभएसम्मका लागि सबै विद्यालय बन्द गर्ने निर्णय दिल्ली सरकारले गरेको हो । 

    images

    दिल्लीका वातावरणमन्त्री गोपाल रायले शहरको वायु प्रदूषण खराब बन्दै गएपछि अर्को सूचना जारी नभएसम्मका लागि सबै विद्यालय बन्द गरिएको बताए । भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीमा वायु प्रदूषण एकदमै बढेको छ । जसका कारण विद्यालय जाने बालबालिका निकै जोखिममा परेका छन् ।  

    यसका लागि भारतको सर्वोच्च अदालतले २४ घण्टाभित्र प्रदूषण कम गर्ने उपाय अघि बढाउन आदेश दिएको थियो । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवाललाई प्रदूषण कम गर्न नसकेको भन्दै २४ घण्टाभित्रमा वायु प्रदूषण कम गर्ने उपाय अघि बढाउन आदेश दिएको थियो । 

    images

    सर्वोच्चले वयस्कहरूले घरमै बसेर काम गरिरहेको बेला बालबालिकालाई भने विद्यालय जान बाध्य पारेको भन्दै दिल्ली सरकारमाथि प्रश्न उठाएको थियो । सर्वोच्चको प्रश्न तथा चौतर्फी विरोधपछि दिल्ली सरकार विद्यालय बन्द गर्न बाध्य भएको हो । 

    यस्तो प्रदूषण बढेको बेला किन विद्यालय खोलेको भन्दै दिल्ली सरकारमाथि प्रश्न उठाएको थियो । साथै २४ घण्टाभित्र प्रदूषण कम गर्ने उपायसहित पेश गर्न समेत आदेश दिएको छ । यसबारे थप सुनुवाइ शुक्रबारका लागि तोकिएको छ ।