मंसिर १६ काठमाडौं । नायिका रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जारी एकता महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी छन् ।
यसअघि सो पार्टीका केन्द्रीय सदस्य समेत रहेकी नायिका थापाले (महिलातर्फ) महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।
थापा केही दिनअघि राजेन्द्र लिङ्देनले अध्यक्षको उम्मेदवारी दिँदा उनीसँगै मञ्चमा सहभागी थिइन् । राप्रपामा नयाँ नेतृत्वको चयनका लागि शुक्रबार मतदान हुँदैछ । राप्रपा प्रवेश गर्नुअघि प्रचण्ड नेतृत्वको थापा नेकपा (माओवादी)मा थिइन् ।
.jpg)


