सोमबार, कार्तिक १७ गते २०८३
images
images

विधान परिमार्जन गर्न कार्यदल गठन गर्ने माओवादीको निर्णय 

एक्सप्रेस पाना
मंसिर १७, २०७८ शुक्रबार
  • 225
    SHARES
  • विधान परिमार्जन गर्न कार्यदल गठन गर्ने माओवादीको निर्णय 

    मंसिर १७ काठमाडौं । राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको नेकपा माओवादी केन्द्रले विधान परिमार्जन गर्न कार्यदल गठन गरेको छ । शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्न देव गुरुङको संयोजकत्वमा कार्यदल गठन गरेको सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका हुन् । 

    images

    उनका अनुसार पाँच सदस्यीय सो कार्यदलमा जनार्दन शर्मा, मात्रिका यादव, पम्फा भुसाल र लिलामणी पोखरेल सदस्य छन् । २५ मंसिरसम्ममा विधान मस्यौदा प्रस्ताव गर्न कार्यदललाई जिम्मेवारी दिइएको छ । 

    बैठकले ११-१३ पुसमा हुने राष्ट्रिय भेला व्यवस्थापनका लागि हितमान शाक्यको संयोजकत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरेको छ । 

    images

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई केन्द्रीय प्रतिनिधिको संख्या थप्न प्रस्ताव तयार पार्ने जिम्मेवारी दिएको बैठकले प्रत्येक प्रदेशबाट राष्ट्रिय सम्मेलनमा ३० जना प्रतिनिधि सहभागी हुनेगरी कार्यविधि बनाएको प्रवक्ता महराले जानकारी दिए ।न्युज कारखाना