सोमबार, कार्तिक १७ गते २०८३
images
images

राप्रपा महाधिवेशन : नेताहरूलाई भोट माग्न भ्याइनभ्याइ

एक्सप्रेस पाना
मंसिर १७, २०७८ शुक्रबार
  • 477
    SHARES
  • राप्रपा महाधिवेशन : नेताहरूलाई भोट माग्न भ्याइनभ्याइ

    मंसिर १७ काठमाडौं । राप्रपाको एकता महाधिवेशन काठमाडौंमा चलिरहेको छ । गत बुधबारबाट सुरू भएको महाधिवेशनमा शुक्रबार उम्मेदवार मनोनयन दर्ता गरिएको छ भने शनिबार नेतृत्व चयनका लागि मतदान हुनेछ । 

    images

    अध्यक्ष पदमाबाहेक पदाधिकारी र सदस्यको भोटिङ मेसिनबाट मतदान गरिने भएको छ । अध्यक्ष पदमा भने मतपत्र प्रयोग गरिने राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए । 

    मतदानको अघिल्लो दिन शुक्रबार महाधिवेशनस्थलमा नेताहरू भोट माग्न व्यस्त छन् । अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी परेको छ । 

    images

    नायिका रेखा थापा पनि लिङ्देन समूहबाट महामन्त्रीको उम्मेदवारी दिएकी छन् । उनी पनि भोट माग्न व्यस्त देखिन्छिन् ।