आइतबार, कार्तिक १६ गते २०८३
images
images

म्याग्देवासीले अब घरमै बसेर तिर्न सक्छन् कर

एक्सप्रेस पाना
मंसिर २१, २०७८ मंगलबार
  • 508
    SHARES
  • म्याग्देवासीले अब घरमै बसेर तिर्न सक्छन् कर

    मंसिर २१ तनहुँ । म्याग्दे गाउँपालिकाले सूचना र प्रविधिको उच्चतम प्रयोग गर्दै घरबाटै कर तिर्न मिल्ने व्यवस्था मिलाएको छ । गाउँपालिकाले सोमबारदेखि विद्युतीय कर भुक्तानी सेवा सञ्चालन गरेर घरबाटै कर तिर्न सकिने व्यवस्था गरेकाे हाे । यो व्यवस्थासँगै अब सर्वसाधारणले कर तिर्न गाउँपालिका केन्द्र छाङ्ग धाउनु नपर्ने भएकाे छ ।

    images

    इन्टरनेटकाे पहुँच भएका नागरिकले घरबाटै कर तिर्न सक्ने गाउँपालिकाका सूचना प्रविधि शाखा प्रमुख जीवन थापाले बताए । उनका अनुसार कर तिर्न मिल्ने गरी गाउँपालिकाकाे वेभसाइटमा उल्लेख गरेकाे छ । गाउँपालिकाको करदातामा दर्ता भएका सेवाग्राहीले नाम र पासवर्ड प्रयोग गरी जुनसुकै ठाउँबाट कर तिर्न सक्ने उनले जनाए । ‘वेभसाइटबाट भूमि कर र सम्पति कर घरमै बसेर तिर्न सकिन्छ,’ थापा भने ।  सेवाग्राहीले खल्ती, आइएमइ पे, प्रभु पे, कनेक्ट आइपीएसमार्फत कर रकम तिर्नुपर्ने थापाले जानकारी दिए । ‘कर तिरेपछि सेवाग्राहीको मोबाइलमा म्यासेज आउँछ । सेवाग्राहीलाई ईमेलमा कर तिरेको प्रमाण स्वरुप रसिद जाने सिस्टम बनाएका छौँ’, उनले भने । 

    करको दर समेत वेभसाइटमै राखिएको उनले जनाए । २०७४ सालपछि गाउँपालिकामा कर बुझाएका सेवाग्राहीको विवरण भर्नुपर्ने छैन ।  २०७४ सालभन्दा अगाडि कर बुझाएका सेवाग्राहीको विवरण सिस्टममा अध्यावधिक गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकावासीको सहजताका लागि अनलाइनबाट कर तिर्ने व्यवस्था मिलाएको गाउँपालिका अध्यक्ष मायादेवी रानाले बताइन् ।न्युज कारखाना

    images