आइतबार, कार्तिक १६ गते २०८३
images
images

चन्द टण्डनको नेतृत्वमा नेपाल मुद्रा विप्रेषक संघको १६औं वार्षिक साधारण सभा सम्पन्न

एक्सप्रेस पाना
मंसिर २६, २०७८ आइतबार
  • 634
    SHARES
  • चन्द टण्डनको नेतृत्वमा नेपाल मुद्रा विप्रेषक संघको १६औं वार्षिक साधारण सभा सम्पन्न

    मंसिर २६ काठमाडौं । नेपाल मुद्रा विप्रेषक संघको १६औं वार्षिक साधारण सभा गत शुक्रबार राजधानी काठमाडौंमा सम्पन्न भएको छ । संघका अध्यक्ष सुमन पोखरेलको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाको सञ्चालन सचिव ईन्द्र प्रसाद शर्माले गर्नुभएको थियो । भने स्वागत मन्तब्य उपाध्यक्ष चन्द्र टण्डनले राख्नु भएको थियो ।त्यसैगरी पूर्व अध्यक्ष दिवाकर थापाले उपस्थित सदस्यहरु तथा अन्य आगन्तुक अतिथी ज्यूहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    images

    संघको कार्य प्रगती प्रतिवेदन प्रस्तुत गर्दे अध्यक्ष सुमन पोखरेलले रेमिट्यान्सको पछिल्लो अवस्था सन्तोषजनक नरहेको बताउँदै औपचारिक माध्यमबाट रेमिट्यान्स भित्राउन सबैले सामुहिक प्रयत्न गनुपर्नेमा जोड दिनुभयो । आफ्नो कार्यकालमा आफु र आफ्नो कार्यसमितिलाइ पूर्णत सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दे अ्रध्यक्ष पोखरेलले सहमतिमा सबैको प्रतिनिधित्व हुने गरी नयाँ नेतृत्व चयन गरिएको बताउनुभयो ।

    संघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दे संघका महासचिव रितेश मित्तलले कोभिड १९ का कारण नकरात्मक हुने अपेक्षा गरिएको रेमिट्यान्स गत आर्थिक बर्षमा बृद्धि भएको तर यस आर्थिक वर्षमा भने शुरु देखिनै रेमिट्इान्स आप्रवाहमा आएको गिरावटप्रति चिन्ता ब्यक्त गर्नुभयो । संघका कोषाध्यक्ष सञ्जय सिग्देलले संघको वार्षिक आर्थिक प्रतिवेदन गर्नुभएको थियो । संघको सम्पन्न १६औं वार्षिक साधारण सभाले नयाँ नेतृत्वमा चन्द्र टण्डन ( सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.) लाई अध्यक्षमा चयन गरेको छ ।

    images

    अध्यक्ष टण्डनको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिमा रितेश मित्तल उपाध्यक्ष (नेपाल रेमिट ईन्टरनेशनल प्रा.लि.), सञ्जय सिग्देल महासचिव ( सूर्या रेमिट प्रा.लि. ) ईन्द्र प्रसाद शर्मा कोषाध्यक्ष ( आईपेरेमिट प्रा.लि. ) तथा सचिवमा दिपेन्द्र खनाल
    ईजिलिङ्क रेमिट्यान्स प्रा.लि. चयन हुनुभएको छ । यसैगरी सदस्यतर्फ प्रविन अधिकारी (क्यास वे मनिट्रान्सफर प्रा.लि.), दिवाकर पौडेल (जिएमई रेमिट प्रा.लि.), सञ्जिव पाठक ए टि टि रेमिट प्रा.लि.), चयन हुनुभएको छ । 

    संघको बिधानत अध्यक्षबाट मनोनित हुने २ जना सदस्यहरुमा भने युमा श्रेष्ठ ( हिमालयन बैंक लि. ) र रामेश्वर सापकोटा प्रभू मनिट्रान्सफर प्रा.लि. ) मनोनित हुनुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दे नवनिर्वाचित अध्यक्ष चन्द्र टण्डनले नेपालमा रेमिट्यान्स क्षेत्रलाई संस्थागत गर्दे विस्तारित र मर्यादित उद्योगको रुपमा विकास गर्दे लैजाने र सम्पुर्ण रेमिट्यान्स कम्पनीहरुको संस्थागत हितको लागि कामगर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । नव निर्वाचित अध्यक्ष टण्डनले आइएमई र आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालको भूमिकाकोस्मरण गर्दे उहाँको अथक मिहिनेत र प्रयासबाट नै रेमिट्यान्स क्षेत्र यति ठूलो व्यबसायको क्षेत्र बनेको उल्लेख गर्नुभयो । 

    त्यस्तै प्रभू ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन लगायत यस क्षेत्रलाई योगदान पु¥याउने सम्पूर्ण अग्रजहरुको भूमिकालाई विशेष स्मरण गर्दे उहाँहरुको योगदानको उच्च कदर गर्नुभयो । सोही क्रममा उहाँले रेमिट्यान्स व्यबसायलाई अझ ब्यवस्थित र प्रविधिमैत्रि बनाउन आफू लागी पर्ने प्रतिबद्धता पनि ब्यक्त गर्नुभयो । नेपाल मुद्रा विप्रेषक संघले संघको १६औं वार्षिक साधारण सभाको अवसर पारेर हालसम्म यस संघको पदाधिकारीमा रही काम गर्नुभएका पूर्व पदाधिकारीहरुलाई पनि सम्मान गरिएको थियो ।