बिहीबार , कार्तिक २० गते २०८३
images
images

कांग्रेस महाधिवेशन : देउवा अघिअघि काेइराला पछिपछि, ३२८२ मत गणना हुँदा कसले कति पाए ?

एक्सप्रेस पाना
मंसिर २८, २०७८ मंगलबार
  • 297
    SHARES
  • कांग्रेस महाधिवेशन : देउवा अघिअघि काेइराला पछिपछि, ३२८२ मत गणना हुँदा कसले कति पाए ?

    मंसिर २८ काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत सभापति पदकाे ३ हजार २८२ मतगणना भएकाे छ । कुल ४ हजार ६७९ मत खसेको थियाे ।

    images

    हालसम्मकाे मतगणना अनुसार सबैभन्दा अगाडि शेरबहादुर देउवा छन् । निर्वाचन समितिका अनुसार देउवाले १ हजार ५५६ मत प्राप्त गरेका छन् । कोइरालाले १ हजार १९७  मत पाएका छन् । यसैगरी, प्रकाशमान सिंहले २५७, विमलेन्द्र निधिले २०१ र कल्याण गुरुङले १७ मत मात्र प्राप्त गरेका छन् । 

    सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो ।  २३ सय ४० मत पाउने उम्मेदवार सभापतिमा निर्वाचित हुनेछन् । तर ५० प्रतिशत मत कटाउन नसकेपछि पहिलाे र दाेस्राेबीच दाेस्राे चरणमा चुनाव हुनेछ ।

    images