आइतबार, कार्तिक १६ गते २०८३
images
images

सेनामा भएको यौन दुर्व्यवहारबारे क्यानडाकी रक्षामन्त्रीले मागिन् माफिन

एक्सप्रेस पाना
मंसिर २८, २०७८ मंगलबार
  • 300
    SHARES
  • सेनामा भएको यौन दुर्व्यवहारबारे क्यानडाकी रक्षामन्त्रीले मागिन् माफिन

    एजेन्सी । क्यानडाको सेनामा भएको यौन दुर्व्यवहार र पीडितप्रति सरकारले क्षमा मागेको छ ।  रक्षामन्त्री अनिता आनन्द, सहायक रक्षामन्त्री जोडी थोमस र जनरल वायन आयरले संयुक्त रुपमा माफी मागेका हुन् ।

    images

    ‘दन्डहीनता र प्रणालीगत त्रुटीका कारण अनगिन्ती जीवनमा हानी पुगेको छ,’ रक्षामन्त्री आनन्दले भनिन्, ‘यो रक्षा मन्त्रालय, क्यानडाको सेना र सरकारको असफलता हो । त्यसका लागि सरकारका तर्फबाट माफी माग्न चाहन्छु,’ उनले भनिन् । 

    यौन दुर्व्यवाहरकाे घटनालाई लिएर एक वर्षयता सेनाका वरिष्ठ अधिकारीहरु पदमुक्त भएका छन् । अहिलेसम्म पूर्व तथा वहालवाला गरि ११ जना सैन्य अधिकारी बर्खास्तगीमा परेका छन् । उनीहरुमाथि सरकारले अनुसन्धान गरिरहेको छ ।  

    images

    पूर्व तथा वर्तमान गरी नोभेम्बरसम्म १९ हजार जनाले आफूहरुमाथि यौन दुर्व्यवहार भएको भन्दै गुनासो गर्दै आएका छन् ।