बिहीबार , कार्तिक २० गते २०८३
images
images

सभापतिको दोस्रो चरणको मतदानमा देउवालाई सहयोग गर्ने निधिको बचन

एक्सप्रेस पाना
मंसिर २८, २०७८ मंगलबार
  • 234
    SHARES
  • सभापतिको दोस्रो चरणको मतदानमा देउवालाई सहयोग गर्ने निधिको बचन

    मंसिर २८ काठमाडौं । नेपाली कांग्रेसका सभापतिको दोस्रो चरणको मतदानमा सभापतिका प्रत्यासी विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बचन दिएका छन् ।

    images

    मंगलबार बिहान निधि निवास नयाँ बानेश्वर पुगेर देउवाले निधिसँग आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । जवाफ निधिले सहयोग गर्ने बचन दिएको नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिए ।

    ‘प्रधानमन्त्रीज्यू आज बिहान पहिले प्रकाशमान सिंहको निवास चाक्सीबारी र त्यसपछि विमिलेन्द्र निधि निवास पुग्नुभयो । सिंहले लिखित प्रतिबद्धता नै जनाउनु भएको छ । निधिले निःसर्त सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो,’ सिग्देलले न्युज कारखानासँग भने ।न्युज कारखाना

    images