बिहीबार , कार्तिक २० गते २०८३
images
images

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी 

एक्सप्रेस पाना
मंसिर २८, २०७८ मंगलबार
  • 402
    SHARES
  • कार्यव्यवस्था परामर्श समितिको बैठक जारी 

    मंसिर २८ काठमाडौं । संघीय संसदअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मंगलबार दिउँसो २ बजेबाट संसदको १०औँ अधिवेशन सुरु हुने भएपछि बैठक सञ्चालनसहित कार्यसूचीका विषयमा छलफल गर्न समितिको बैठक बसिरहेको हो । 

    images

    प्रमुख प्रतिपक्षी दल एमालेले संसद बैठक अवरोध गर्ने रणनीति बनाइरहँदा समितिको बैठक पनि बसिरहेको हो । 

    सरकारको सिफारिसमा १६ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले २८ मंसिर दिउँसो २ बजे बैठक बस्ने गरी संसदको १०औँ अधिवेशन आह्वान गरेकी हुन् । 

    images

    मंगलबार दिउँसो २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा पेस गर्ने कार्यसूचीबारे छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेका छन् ।