बिहीबार , कार्तिक २० गते २०८३
images
images

संसदमा एमालेको नाराबाजी, बाहिर एमसीसीकाे विराेधमा प्रदर्शन

एक्सप्रेस पाना
मंसिर २८, २०७८ मंगलबार
  • 307
    SHARES
  • संसदमा एमालेको नाराबाजी, बाहिर एमसीसीकाे विराेधमा प्रदर्शन

    मंसिर २८ काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले नाराबाजी गरेका छन् । 

    images

    राष्ट्रपति कार्यालयबाट संसदको १०औँ अधिवेशन सुरु भएको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेलगत्तै एमाले सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गर्दै बैठकमा अवरोध सृजना गरिरहेका छन् । 

    एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले संसद् अवरुद्ध गर्दै आएको छ । संसदको नवौँ अधिवेशनका सबै बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेका थिए । मंगलबारबाट सुरु भएको १०औँ महाधिवेशनको पहिलो बैठकमा पनि उनीहरूले नाराबाजी गरेका हुन् । 

    images

    संसद् बाहिर भने अमेरिकी सहयाेग  मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसीसीकाे विराेधमा प्रदर्शन गरेका छन् । एमसीसी संसदबाट पारित नगर्न भन्दै माओवादी केन्द्र निकट कार्यकर्ताले  विराेध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेकाे छ ।