बिहीबार , कार्तिक २० गते २०८३
images
images

कांग्रेस महाधिवेशन : भोट माग्न नेताहरू मतदाताको लाइनमा 

एक्सप्रेस पाना
मंसिर २८, २०७८ मंगलबार
  • 494
    SHARES
  • कांग्रेस महाधिवेशन : भोट माग्न नेताहरू मतदाताको लाइनमा 

    मंसिर २८ काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति पदको दोस्रो चरणको निर्वाचन भइरहेको छ । मंगलबार भएको निर्वाचनमा सभापति पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार अपरान्ह सवा ३ बजेपछि दोस्रो चरणको निर्वाचन भइरहेको छ । 

    images

    पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवा, शेखर कोइरालासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । तर, दोस्रो चरणमा भने देउवा र कोइरालामात्र छन् । 

    अहिले मतदान चलिरहँदा मतदानस्थलमा शेरबहादुर, प्रकाशमानसहितको एक समूह र शेखर, गगन थापा, मिनेन्द्र रिाजलसहितको अर्काे समूह लामबद्ध मतदाता भएका स्थानमा पुगेर भोट मागिरहेका छन् । 

    images