आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य तोलामा ५०० ले घट्यो, चाँदीको भाउ स्थिर

एक्सप्रेस पाना
मंसिर २९, २०७८ बुधबार
  • 374
    SHARES
  • सुनको मूल्य तोलामा ५०० ले घट्यो, चाँदीको भाउ स्थिर

    मंसिर २९ काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएकोमा बुधबार पाँच सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको हो ।

    images

    त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य स्थिर रहेको छ  । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार २१० रुपैयाँ कायम भएको छ । मंगलबार पनि चाँदीको सोही मूल्य नै कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ३७ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।