आइतबार, कार्तिक १६ गते २०८३
images
images

कोभिडपछिको अर्थतन्त्रलाई गतिशिल बनाउन नव-उत्थान सम्मेलन

एक्सप्रेस पाना
मंसिर २९, २०७८ बुधबार
  • 443
    SHARES
  • कोभिडपछिको अर्थतन्त्रलाई गतिशिल बनाउन नव-उत्थान सम्मेलन

    मंसिर २९ काठमाडौं । कोभिड-१९ को महामारी प्रकोपबाट अर्थतन्त्रमा परेको प्रभावका साथै अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउने उपायहरूबारे छलफल गर्न काठमाडौंमा नव-उत्थान सम्मेलन सुरू भएको छ । 

    images

    नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा भइरहेको सम्मेलनको बुधबार अर्थमन्त्री जनादर्न शर्माले उद्घाटन गरे । सम्मेलनको मूख्य थिम बदलिँदो परिस्थितिमा तीव्र र दिगो आर्थिक बृद्धिको बहस रहेको छ ।  

    सम्मेलनमा कोभिड–१९ बाट बढी प्रभावित क्षेत्रहरू पर्यटन तथा मनोरञ्जन, साना, घरेलु तथा मझौला उद्यम व्यवसाय, निर्यातका साथै बैंकिङ विषयमा छलफल हुनेछ ।
    बुधबार दिनभर चल्ने सम्मेलनमा अर्थतन्त्रलाई पुनः चलायमान कसरी बनाउने, समस्या समाधानका उपायहरू के–के हुन सक्छन्, कसरी थलिएको व्यवसाय क्षेत्रलाई पुनरूत्थान मात्र नभई व्यवसायमा थप ऊर्जा भर्न सकिन्छ भन्ने विषयमा केन्द्रीत रहने आयोजकले जनाएको छ । 

    images

    सम्मेलन पूर्वमहासंघका सम्बन्धित् समितिले यी विषयमा गहन छलफल गरी प्रतिवेदन तयार पारेका थिए । उक्त प्रतिवेदनमा सम्मेलनका क्रममा आएका सुझावसमेत समावेश गरी समापन शत्रमा योजना आयोग र अर्थमन्त्रालयलाई बुझाइनेछ । साथै सम्बन्धित् मन्त्रालय र निकायहरूमा पनि सम्मेलनबाट आएका सुझावहरू बुझाइने एफएनसीसीआईले जनाएको छ ।