आइतबार, कार्तिक १६ गते २०८३
images
images

माइखोला हाइड्रोपावरको साधारणसभा २२ पुसमा, आईपीओ निष्काशन प्रमुख एजेण्डा

एक्सप्रेस पाना
मंसिर २९, २०७८ बुधबार
  • 482
    SHARES
  • माइखोला हाइड्रोपावरको साधारणसभा २२ पुसमा, आईपीओ निष्काशन प्रमुख एजेण्डा

    मंसिर २९ काठमाडौं । माइखोला हाइड्रोपावरले २२ पुसमा साधारणसभा डाकेको छ । आईपीओ निष्काशन गर्ने प्रमुख एजेण्डासहित कम्पनीले केन्द्रीय कार्यालय अनामनगर काठमाडौंमा बिहान ९ बजे सभा आह्वान गरेको हो । 

    images

    सभाले कम्पनीकाे आईपीओ निष्काशन बारे विशेष निर्णाय गर्ने जनाएकाे छ । यस्तै, आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा–नोक्सानसम्बन्धी पनि सभामा छलफल हुनेछ । आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतको एजेण्डा प्रस्ताव गर्ने कम्पनीकाे याेजना छ ।