बिहीबार , कार्तिक २० गते २०८३
images
images

धनराज गुरुङले देउवालाई सोधे- के सौदा गरेर सभापति जित्नु भयो ?

एक्सप्रेस पाना
मंसिर २९, २०७८ बुधबार
  • 400
    SHARES
  • धनराज गुरुङले देउवालाई सोधे- के सौदा गरेर सभापति जित्नु भयो ?

    मंसिर २९ काठमाडौं । नेपाली कांग्रेसका उपसभापतिका उम्मेदवार धनराज गुरुङले शेरबहादुर देउवालाई अन्य नेताहरूसँग सौदा गरेर सभापति पद जितेको आराेप लगाएका छन् । 

    images

    शेखर कोइराला पक्षले महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन बुधबार आयोजना गरेको कार्यक्रममा गुरुङले देउवालाई यस्तो आरोप लगाएका हुुन् ।

    ‘मेरो सभापति शेरबहादुरजीसँग आग्रह छ । तपाइँ जित्नु भयो, के के गरेर जित्नु भयो ? के सौदा गर्नुभयो ? कहाँकहाँ कसलाई कुनामा लिएर जानु भयो ? त्यो तपाइँका कुरा, हामी औँला उठाउँदैनौँ,' उनले भने, ‘प्रजातन्त्रमा हारलाई स्वीकार गर्ने स्वभाव प्रजातन्त्रवादीहरुको हुनुपर्छ । थाहा छ हामीलाई के के भएको हो ?  अहिले यत्रो विधि पत्रकाहरू, तपाइँहरूको अगाडि भन्दिनँ । मेरो स्तरले त्यो सुहाउँदैन् ।’ 

    images

    गुरुङले देउवालाई पार्टी भित्र व्यक्तिभन्दा नीति र सिद्धान्तलाई प्रधान मानेर काम गरे आफूहरूले पनि सहयोग गर्ने बताए । 

    उनले भने, ‘जे गरेर जिते पनि हाम्रो नेता तपाइँ, तपाइँ हाम्रो  सभापति ।  हामी तपाइँलाई सहयोग गर्न तयार छौँ । तर, त्यो सहयोगको सर्त के भयो भने  पार्टीलाई नीति प्रधान बनाउनु होस् ।अनि हामी सहयोग गर्छौं ।’