पुस १ काठमाडौं । बिहीबार नेपाली स्थानिय बजारमा सुनको मूल्य एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएकोमा आज प्रतितोला ९३ हजार तीन सय रुपैयाँ कायम भएको हो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार दुई सय ३५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।
.jpg)

