आइतबार, कार्तिक १६ गते २०८३
images
images

अमेरिकामा शक्तिशाली भूकम्प    

एक्सप्रेस पाना
श्रावण १४, २०७८ बिहीबार
  • 409
    SHARES
  • अमेरिकामा शक्तिशाली भूकम्प    

    अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले बिहीबार जनाएको छ ।     
         
    स्थानीय समयानुसार दिउँसो २:१५ बजे सो भूकम्प गएकोे बताइएको छ । सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन् ।     
         
    भूकम्पको केन्द्रविन्दु आपपासकै क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ । रासस    

    images